सामाजिक उत्तरदायित्व वहन गर्दै साइपाल एकेडेमीले सुखावती स्टोरलाई बुझायो ५०० कीलोग्राम लत्ता कपडा
१२ माघ २०८०, शुक्रवार
काठमाडौँ । सरकारले माध्यमिक शिक्षा परीक्षा एसइईमा नन ग्रेडेड भएका विद्यार्थीहरूलाई प्रि(डिप्लोमा तहमा पढ्न दिने व्यवस्था शुरु गरिएको जनाएको छ।
बिहीवार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको आव ०८१/८२ बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमा उक्त व्यवस्था गरिएको बताएका हुन्।
यसअघि नन ग्रेडेड भएका विद्यार्थीहरूले प्रि-डिप्लोमा तहमा पढ्न पाउने व्यवस्था थिएन तर अब पाउने भएका छन्।
त्यस्तै, सिटिइभिटीका आङ्गिक शिक्षालयहरूमा नर्सिङ र फार्मेसीको कक्षा सञ्चालन शुरु भएको, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान एमबिबिएस अध्यापन प्रारम्भ भएको पनि प्रतिवेदनमा उल्लेख छ।