सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं ।  अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज अन्तर्राष्ट्रिय बजारमा एक ‍औँस सुनको मूल्य दुई हजार छ सय ९५ अमेरिकी डलर निर्धारण भएको छ ।

स्थानीय बजारमा आज सुनको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला एक हजार दुई सय रुपैयाँले वृद्धि भई एक लाख ५६ हजार छ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


बुधबार सोही परिमाणको सेतो धातु एक लाख ५५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो  

यसैगरी, चाँदीको मूल्य प्रतितोला ५० ले बढेर एक हजार आठ सय ८० रुपैयाँ पुगेको छ । बुधबार एक तोला चाँदी रु एक हजार आठ सय ३० रुपैयाँमा किनबेच भएको थियो । 

खबरपाटी
खबरपाटी