सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढ्यो, कति पुग्यो ?

सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढ्यो, कति पुग्यो ?

काठमाडौँ  । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य बढेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा १६ सय रुपैयाँले बढेको हो । 

शुक्रबार एक लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज छापावाला सुन एक लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ  ।

यस्तै आइतबार चाँदी पनि १५ रुपैयाँले बढेको छ । शुक्रबार १ हजार ८४५ रुपैयाँमा कारोवार भएको चाँदी आज १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।

खबरपाटी
खबरपाटी