सन् २०२४ मा नेपाल भ्रमणमा आए झण्डै साढे ११ लाख पर्यटक

सन् २०२४ मा नेपाल भ्रमणमा आए झण्डै साढे ११ लाख पर्यटक

काठमाडौं । सन् २०२४ मा झण्डै साढे ११ लाख पर्यटकले नेपाल भ्रमण गरेका छन् । मंगलबार बिहानसम्मको तथ्यांकअनुसार सन् २०२४ मा ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । 

बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएको बताए । उनका अनुसार सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढी पर्यटकको आगमन भएको छ । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए । कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो । सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प थियो । 

राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन ९युएनडब्लुटिओ०को पछिल्लो ६ महिनाको तथ्याङ्कअनुसार कोभिड–१९ पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको छ ।  नेपाल प्रिमियर लिग एनपीएल, विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय ‘बेलुन’ महोत्सव, ‘ड्रागन बोट’ महोत्सवका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आयोजना भएका मेला र प्रदर्शनीले पनि पर्यटन आगमनमा बढोत्तरी भएको हो ।

खबरपाटी
खबरपाटी