मंगलबार घट्यो सुनको सुनको मूल्य

मंगलबार घट्यो सुनको सुनको मूल्य

काठमाडौं । मङ्गलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य आइतबारको तुलनामा ६ सय रूपैयाँले घटेको छ ।

आज सुन तोलाको १ लाख ४९ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा २५ रूपैयाँले घटेर १ हजार ७ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

खबरपाटी
खबरपाटी