रक्षामा पूर्णबहादुर खड्का र अर्थमा डा. प्रकाशशरण महत निश्चित
१६ चैत २०७९, बिहिवार
काठमाडौँ । आइतबार स्थानीय तह उपनिर्वाचन भइरहँदा यसअघि नै तीन स्थानका उम्मेदवार भने निर्विरोध निर्वाचित भइसकेका छन् ।
निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलाली जिल्ला जिल्ला समन्वय समितिको प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका छन् ।
साथै रुकुम ९पूर्वी भाग० को पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जगत् घर्ती निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।
बाँकी ४१ स्थानमा आइतबार बिहान ७ बजेदेखि मतदान भइरहेको छ ।