आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - ओखलढुंङ्गाको सिद्धिचरण नगरपालिका –०२ खनेखर्कस्थित निशंखेको भित्री कच्ची सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
आज बिहान ७:१५ बजे निशंखेबाट सिद्धिचरण नगरपालिका–८ लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेको प्रदेश १-०७-००१ ज ०००५ नम्बरको बोलेरो जिप सडकबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी निशंखे, अस्थायी प्रहरी पोष्ट मिलनचोक, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी सामुदायिक अस्पताल ओखलढुङ्गा पठाएको जिल्ला प्रहरी कार्यालय ओखढुङ्गाले जनाएको छ।