एशिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिता अन्तर्गत समूह ‘बी’ मा पाकिस्तान ‘ए’ ले भारत ‘ए’ लाई ४८ रनले पराजित गरेको छ ।
कतारको दोहामा पाकिस्तानले दिएको ३१४ रनको लक्ष्य पछ्याएको भारत ‘ए’ ४९ ओभर १ बलमा २६५ रनमा समेटियो । भारतका कप्तान तिलक बर्माले शतकीय इनिङ खेल्दै १०० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।
पाकिस्तानका हसन नवाज र अली राजाले समान ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ले ४९ ओभर २ बलमा सबै विकेट गुमाएर ३१३ रन बनाएको थियो ।
पाकिस्तानका लागि हसन नवाजले सर्वाधिक ७९, माज सदाकतले ५९ र फरहान युसुफले ५६ रनको योगदान दिए । यससँगै पाकिस्तान ‘ए’ समूह ‘बी’ मा लगातार दुई जित निकाल्दै सेमिफाइनल नजिक पुगेको छ । नेपालले हिजो यूएईलाई ६ विकेटले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
यसअघि पहिलो खेलमा भारत ‘ए’ सँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको नेपालले सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न समूह चरणको अन्तिम खेल जित्नुपर्नेछ ।
नेपालले भोलि पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ ।