धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै

धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै छ ।  आवेदन दिएर ‘सर्टलिस्ट’मा परेका तीनजनासँग पुनः अन्तर्वार्ता लिन लागिएको हो । 

अध्यक्ष सिफारिस समितिले उनीहरूलाई आज बिहान ८ बजे अन्तर्वार्तामा बोलाएको छ । गएको असोज १८ गते उनीहरूको अन्तर्वार्ता तय भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो । 

‘सर्टलिस्ट’मा नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीको नाम समावेश छ । 

खबरपाटी
खबरपाटी