बाढीबारे ढिलो सूचना दिँदा ठूलो क्षति भएको भन्दै स्पेनका नागिरक सडकमा

बाढीबारे ढिलो सूचना दिँदा ठूलो क्षति भएको भन्दै स्पेनका नागिरक सडकमा

काठमाडौं । स्पेनमा भीषण बाढी पछि स्थानीय जनता प्रशासनविरुद्ध सडकमा उत्रेका छन्।

बीबीसीका अनुसार स्पेनको वेलेन्सियामा हजारौँको सङ्ख्यामा स्थानीयहरू क्षेत्रीय प्रमुखको राजीनामा माग गर्दै सडकमा उत्रेका छन्।

गत अक्टुबरमा भेलेन्सिया र अन्य प्रान्तमा मुसलधारे वर्षा पछि आएको बाढीका कारण २ सयभन्दा बढीको मृत्यु भएको थियो। ८० जना अझै बेपत्ता छन्।

प्रदर्शनकारीले स्थानीय अधिकारीहरूले बाढीबारेको चेतावनी ढिलोगरी दिएको आरोप लगाएका छन्।

प्रदर्शनकारी र प्रहरीसँग झडप पनि भएको छ।

खबरपाटी
खबरपाटी