आज नेपाली बजारमा सुनको मूल्यमा घटेको छ। अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने प्रतितोला ४ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो दिन १ तोला सुनको मूल्य १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्यमा समेत भारी गिरावट आएको छ । चाँदीको मूल्य आज ५५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भईरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एकैदिन ३।२ प्रतिशत हाराहारीमा घटेको छ । बुधबार सुरुवाती कारोबारमा प्रतिऔंस २७४५ अमेरिकी डलर रहेको सुन बिहीबार सुरुवाती समयमा २६५७ सम्म झरेको थियो ।
अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रप निर्वाचित भएसँगै डलर मजबुत हुँदा सुनचाँदीको मूल्यमा उच्च गिरावट देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्पको पुनरागमनले मुद्रास्फिति बढ्न सक्ने अनुमान गरिएको छ ।
मुद्रास्फिति दवावमा रहँदा केन्द्रीय बैंक फेडले लिएको ब्याजदर कटौतीको नीतिमा पनि प्रभाव पर्न सक्नेछ । अमेरिकामा ब्याजदर घट्दै जाने अनुमानले सुनमा लगानी आकर्षित भएको थियो, तर अबमा दिनमा मुद्रास्फिति बढ्न गएमा ब्याजदर घट्ने सम्भावना कमजोर हुनेछ ।
यसले गर्दा सुनको मूल्यमा प्रभाव परेको रोयटर्सले उल्लेख गरेको छ । अर्कोतर्फ डलर मजबुत भएको छ । डलरको भाउसँग सुन र कच्चा तेलको मूल्य ट्रेन्ड प्रायः विपरित रहने गरेको छ ।