आज बुधबार दुई संसदीय समितिको बैठक बस्दै

आज बुधबार दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । दुई संसदीय समितिको बैठक बस्दैछ । बिहान ८ बजेदेखि संसदीय सुनुवाइ समितिको बैठक बसिरहेको छ ।

बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको सुनुवाइ हुनेछ । साथै बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालमाथिको सुनुवाइ पनि हुने बताइएको छ ।

यस्तै बिहान ११स्३० बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा नेपालमा उत्पादित सुपारी निर्यातबारे छलफल हुनेछ ।

खबरपाटी
खबरपाटी