काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा केही दिनयता कुरिलो महँगिएको छ । दुई दिनमै २ सय रुपैयाँले कुरिलो महँगिएको छ ।
मंगलबार प्रतिकिलो अधिकतम १ हजार रुपैयाँमा कारोबार भएको कुरिलो बिहीबार १२०० प्रतिकिलो पुगेको छ । तिते करेला अघिल्लो दिनको तुलनामा औसत ३८ प्रतिशत महँगिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार तिते करेला प्रतिकिलो १०० रुपैयाँ पुगेको छ ।
यस दिन घिउ सिमी १००, मटरकोशा २००, टाटे सिमी ८०, लौका ४०, परवर ६०, घिरौंला ८०, भिण्डी ८०, बरेला ८०, ईस्कुस २०, रायो साग ८०, तोरीको साग ८० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।
ठूलो गोलभेँडा १३०, सानो स्थानीय गोलभेँडा १२०, रातो आलु ८५, भारतीय रातो आलु ६२, प्याज अधिकतम १०५ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको समितिले जनाएको छ । ब्रोकाउली २००, कन्य च्याउ १५० तथा डल्ले च्याउ ३०० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।