टेक्नो मोबाइलले क्रिकेटर दाजुभाइ शेखलाई ब्रान्ड एम्बासडर नियुक्त

टेक्नो मोबाइलले क्रिकेटर दाजुभाइ शेखलाई ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं । टेक्नो मोबाइलले क्रिकेटर दाजुभाइ आरिफ शेख र आसिफ शेखलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।

टेक्निका सिइओ अरिजित तलपात्रा तथा आसिफ र आरिफबीच बिहिवार सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।सम्झौता अवधि र रकम भने खुलाइएको छैन ।

टेक्नो मोबाइलका सिइओ तलपात्राले आरिफ र आसिफसँगको साझेदारीले उत्साहित रहेको बताए ।

उनले भने,’ हामी आरिफ शेख र आसिफ शेखलाई ब्रान्ड एम्बासडरका रूपमा स्वागत गर्न पाउँदा उत्साहित छौँ । टेक्नोसँग उनीहरूको सम्बन्धले हाम्रो ब्रान्ड छवी र यसमा युवाहरुको संलग्नतालाई अझ उच्च बनाउने आस गरेका छौं ।’

आरिफ र आशिफले टेक्नो मोबाइलसँग जोडिन पाउँदा गौरवान्वित महसुस गरेको र यसले समर्थकसँग अझै नजिक हुन सहयोग गर्ने बताए ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह नेपाल क्रिकेट संघ ९क्यान०का क्रिकेट म्यानेजर विनोद दास लगातयतको उपस्थिती थियो ।

खबरपाटी
खबरपाटी