
काठमाडौँ । विश्व प्रसिद्ध टेक्नोलोजी ब्राण्ड BLACKVIEW मोबाइल टेक्नोलोजीले एकै पटक ३ वटा मोबाइल फोन नेपाली बजारमा आगामी साता सार्वजनिक गर्ने भएको छ ।
आर्थिक संकट झेलिरहेको नेपाल टेक बजारलाई टेवा पुग्ने गरी अत्यन्तै आक्रमक मुल्यमा BLACKVIEW को मोबाइल सेट नेपाली बजारमा सवत्र उपलब्ध हुने कम्पनीले विश्वास लिएको छ ।
BLACKVIEW ले BLACKVIEW कलर 8 मोडलको युनिसक टि 616 प्रसेसर सहित 50 मेगापिकसल सामसुङ सेल क्यामरा जडित १३ औँ एन्ड्रोइड भर्सनको मोबाइल सेट तिन वटा फरक कलरमा सार्वजनिक हुने छ । त्यस्तै BLACKVIEW एन २००० फोल्ड फोन, जसमा डबल डिस्प्ले रहेको छ भने युनिसक टि 107 प्रोसेसर जडित रहेको छ ।
अर्को BLACKVIEW A 52 प्रो फोन, जसमा टि 606 अक्टा कोर प्रोसेसर रहेको १३ एन्ड्रोइड भर्सनको मोबाइल पनि ३ वटा कलरमा नेपाली बजारमा सार्वजनिक भएको छ । सुलभ दर, लोकप्रिय इन्टरफेस, प्रयोगकर्तामैत्री टेक्नोलोजी भएको कारण BLACKVIEW फोनमा ग्राहकहरुको चासो र रुची पछिल्लो समय निकै बढेको र अब लञ्चहुने मोबाइल सेटले पनि राम्रो लोकप्रियता कमाउने BLACKVIEW का अधिकारीक डिस्ट्रिब्युटर रियल डिल प्रा.लि का प्रबन्धक निर्देशक निकुञ्ज लाठ बताउँछन् ।