नेपालीले बनाए ब्लकचेन प्रविधिमार्फत अत्यन्तै तीव्रगतिमा ठूलो परिमाणमा डेटा प्रशोधन गर्ने सफ्टवेयर

'एडब्लुएस रि इन्भेन्ट २०२३’ नामक सम्मेलनमा नेपालकाे वहा वाहायी

नेपालीले बनाए ब्लकचेन प्रविधिमार्फत अत्यन्तै तीव्रगतिमा ठूलो परिमाणमा डेटा प्रशोधन गर्ने सफ्टवेयर

नेपाली आईटी इन्जिनियरहरुले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिमा बनाएको वित्त प्रविधिसम्बन्धी एउटा सफ्टवेयर क्लाउड कम्प्युटिङसम्बन्धी संसारकै सबैभन्दा ठूलो सम्मेलनमा प्रदर्शन भएको छ ।

अमेरिका, बेलायत, नेपाललगायत संसारका ८ वटा मुलुकमा काम गरिरहेको सूचना प्रविधि (आईटी) सेवाप्रदायक परामर्शदाता कम्पनी जेनेस सलुशनसँग आबद्ध नेपाली आईटी इन्जिनियरहरुले विकास गरेको उक्त सफ्टवेयर अमेरिकी सहर लस भेगासमा अमेजन वेब सर्भिसेसद्वारा आयोजित ‘एडब्लुएस रि इन्भेन्ट २०२३’ नामक सम्मेलनमा प्रदर्शन भएको हो ।

आर्टिफिसियल इन्टेलिजेन्स तथा मसिन लर्निङमा आधारित ुगेनडल्ड इनसाइटु नामक सफ्टवेयरले जटिल वित्तीय तथ्यांकहरुलाई पनि सजिलैसँग प्रशोधन गर्न सक्ने उक्त कम्पनीले जनाएको छ । गत सोमबारदेखि सुरु भएको सम्मेलनमा संसारभरिबाट क्लाउड कम्प्युटिङमा काम गर्ने हजारौं आईटी उद्यमी, व्यवसायी, पेसेवर तथा प्राज्ञहरु सहभागी छन् ।

एडब्लूएसको साझेदारको रुपमा रहेको जेनेस सलुसनले सम्मेलनको डेटा जोनमा स्टल राखेर आफ्नो कम्पनीका डेटा इन्जिनियरहरुले विकास गरेको फिनटेकसम्बन्धी सफ्टवेयरको प्रदर्शन गरिरहेको छ । सफ्टवेयरले वित्तीय कारोबारलाई अरु बढी कुशलतापूर्वक सम्पन्न गर्न सघाउ पुग्ने सो कम्पनीले जनाएको छ ।

यसले ब्लकचेन प्रविधिमार्फत अत्यन्तै तीव्रगतिमा निकै ठूलो परिमाणमा डेटा प्रशोधन गर्दछ।

अक्टोबर २०१८ मा एडब्लूएसको साझेदारको रुपमा छनोट भएको जेनेस सलुसन मार्च २०१९ देखि एडभान्स्ड पार्टनरुका रुपमा छ । एडब्लूएसबाट प्रमाणपत्र प्राप्त गरेका ५० भन्दा बढी डेभलपरहरु अहिले जेनेस सलुसनसँग आबद्ध छन् ।

यो वर्षको रि-इन्भेन्ट सम्मेलनमा चर्चित टेक अगुवाहरुको मन्तव्य, एडब्लूएस बिल्डर ल्याब, २ हजारभन्दा बढी सिकाइ सत्रहरु, एक्स्पो र प्रडक्ट लन्चलगायत थुप्रै उपयोगी कार्यक्रम रहेको छ । 

खबरपाटी
खबरपाटी