इन्धनको मूल्य घट्यो, कुनमा कति ?

इन्धनको मूल्य घट्यो, कुनमा कति ?

काठमाडौँ — नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य प्राप्त भएअनुसार पेट्रोल लिटरमा ३ रुपैयाँ र डिजेल/मट्टितेलमा १/१ रुपैयाँ घटाउने निर्णय गरेको हो ।

मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १ सय ६५ र डिजेल/मट्टितेलको १ सय ५२ पर्नेछ ।

यसअघि पेट्रोलको १ सय ६८ र डिजेल/मट्टितेलको भाउ १ सय ५३ रुपैयाँ थियो ।

नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

 

खबरपाटी
खबरपाटी