गर्मीमा कपालको सौन्दर्यमा कसरी ध्यान दिने ?

गर्मीमा कपालको सौन्दर्यमा कसरी ध्यान दिने ?

काठमाडौं । गर्मी मौसम हाम्रो लागि धेरै तरिकामा पीडादायी  सक्छ । गर्मीमा हामीले आफ्नो कपालको सौन्दर्यमा त्यती ध्यान दिन सकिरहेका हुदैनौ । गर्मीमा स्वास्थ्य देखि छाला र कपालसम्म धेरै मसस्या देखिने गर्छ । घामको किरणले कपालको चमक र सौन्दर्यलाई बिगार्न सक्छ । यो समयमा आफ्नो कपाल तपाईंले हेरचाह गर्न धेरै प्रयास गर्नुपर्ने हुन्छ ।

यदि तपाईंले आफ्नो कपाललाई घाम र पसिनाबाट जोगाउनु भएन भने तपाईको कपाल बिग्रन सक्छ र सुख्खा देखिन्छ । साथै, घामको कडा किरणले तपाईको कपाललाई लामो समयसम्म नोक्सान पुर्‍याउँछ । कहिलेकाही यसले कपालसँगै टाउकोमा पनि नराम्रो असर गर्छ । यसका लागि कसरी कपालको हेरचाह गर्ने भन्नेबारे आज हामीले चर्चा गरेका छौँ ।
–एउटा केरामा एक चम्चा ओलिभ ओयल मिसाएर राम्रोसँग फिट्नुपर्छ । जब केराको प्युरी बन्छ तब त्यसले केश र स्काल्पमा मसाज गर्नुपर्छ । ३० मिनेटपछि केश धुनुपर्छ ।
– हप्तामा ३ चोटी सम्म केशमा तोरी या अन्य कपालमा लगाउने प्रभावकारी तेल लगाई १०र१५ मिनेट मसाज गरी २र३ घण्टा पछी नुहाउँदा केशमा चमक आउनु को साथै कपाल झर्र्न रोक्छ ।
– आधा एबोकाडोलाई म्यास गरी त्यसमा केही थोपा पिपरमेन्ट एसेन्सियल ओयल मिसाउनुपर्छ । केश स्याम्पु गरेर पानी निचोरेपछि यो मास्क प्रयोग गरी १५ मिनेटपछि धुनुपर्छ । केश तैलीय र चिपचिप रहँदैन र नरम पनि हुन्छ ।
– कागतीको रसमा ओलिभ ओयल मिसाएर मसाज गर्दा सुख्खा केशमा चमक प्राप्त हुन्छ ।
– कपालमा घ्यूकुमारी रस हाली कपालको मसाज गर्दा नि केश चम्किलो र कपाल बढ्न मदत गर्दछ ।
– मेथीको पाउडर ३० मिनेट पानीमा भिजाई केशमा १ घण्टा जती राखेर नुहाउँदा कपालमा चमक ल्याउनु को साथै कपाल झर्न पनी कम भएर जान्छ ।
– चाँयाको समस्या हुनेले दहि केशमा लगाई १ घण्टा पछी नुहाउँदा चाँया जानुको साथै कपाल झर्न पनी रोक्छ ।

खबरपाटी
खबरपाटी