चौथो हिमालयन हाइड्रो एक्स्पो भव्यताका साथ सम्पन्न

चौथो हिमालयन हाइड्रो एक्स्पो भव्यताका साथ सम्पन्न

काठमाडौँ । चौंथो हिमालयन हाइड्रो एक्स्पो शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहको संस्था (इप्पान)ले आयोजना गरेको तीन दिने एक्स्पोको शुक्रबार भव्यताका साथ सम्पन्न भएको छ । 

काठमाडौंको भृकुटीमण्डपमा बुधबारबाट सुरु भएको एक्स्पोमा ७४ वटा स्टल रहेको थियो । 

पहिलो दिन विद्युतीय सवारी साधनको र्‍याली निकालिएको थियो । जसमा ३०० भन्दा बढी विद्युतीय सवारीसाधन सहभागी थिए । उक्त एक्स्पोमा हाइड्रोमा प्रयोग हुने सम्पूर्ण सामग्रीहरू प्रदर्शनीमा राखिएको थियो ।

खबरपाटी
खबरपाटी