७२३ मिटरदेखि ७१३४ मिटरसम्मको उचाइमा गौरीशङ्कर संरक्षण क्षेत्रको विविधता (फोटो फिचर)

यस संरक्षण क्षेत्र २ हजार १७९ वर्ग किलोमिटरमा ३ जिल्लाको २२ विकास क्षेत्रमा फैलिएको छ

७२३ मिटरदेखि ७१३४ मिटरसम्मको उचाइमा गौरीशङ्कर संरक्षण क्षेत्रको विविधता (फोटो फिचर)

आस्था शर्मा/काठमाडौँ । गौरीशङ्कर संरक्षण क्षेत्रले नेपालको मध्य पूर्वी भागमा रहेको तिन जिल्ला ओगटेको छ । गौरीशङ्कर संरक्षण क्षेत्र प्रसिद्ध लाङटाङ राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज जोड्ने भू भाग लाई भनिन्छ । 

यस संरक्षण क्षेत्र २ हजार १७९ वर्ग किलोमिटरमा ३ जिल्लाको २२ विकास क्षेत्रमा फैलिएको छ । सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लबाट गौरीशङ्कर संरक्षण क्षेत्र सजिलै अवलोकन गर्न सकिन्छ । 

आन्तरिक तथा बाह्य पर्यटकको लोकप्रिय गन्तव्य बन्दै गएको गौरीशङ्कर संरक्षण क्षेत्र नेपाल सरकारको २०१० सालमा कालापथ्थरमा बसेको ऐतिहासिक बैठकले अनुमोदन गरेको थियो । यस क्षेत्रको व्यवस्थापन पनि सोही बैठकबाट २० वर्षका लागि नेश्नल ट्रस्ट फर नेचर कन्जर्भेशनलाई सुम्पिएको थियो । 

यस क्षेत्र आफ्नो प्राकृतिक सुन्दरता, भौगोलिक बनावट, विभिन्न वनस्पति तथा जीवहरूको लागि प्रसिद्ध मानिन्छ । यस क्षेत्रमा १८ प्रकारका संसारमा दुर्लभ भनिने वनस्पतिहरू पनि संरक्षण गरिएको पाइन्छ । त्यसका साथै हिम चितुवा, रेड पान्डा, ग्रे वुल्फ, मस्क डियर, रक पाइथन जस्ता जीवहरूको बसोबास समेत रहेको छ । 

यस क्षेत्रमा विषेशगरी तामाङ तथा सेर्पा समुदायका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको छ । नेपालको प्रसिद्ध रोल्वालिङ भ्याली पनि यसै क्षेत्रमा रहेको छ । 

रहस्यमय जीव यती पनि रोल्वालिङ भ्यालीमा रहेको किंवदन्ती समेत यस क्षेत्रमा रहेको छ । रोल्वालिङ भ्याली अत्यन्तै पवित्र एवं धार्मिक मान्यताहरूको स्तम्भका रूपमा उभिरहेको छ । पवित्र रोल्वालिङ भ्यालीमा काट मार तथा माछा मासुहरूको प्रवेश निषेध गरिएको छ । 

गौरीशङ्कर संरक्षण क्षेत्रको सबैभन्दा न्यून विन्दु ७२३ मिटर रहेको छ भने सबैभन्दा उच्च विन्दु गौरीशङ्कर हिमालको ७१३४ मिटर रहेको छ । उक्त भौगोलिक विविधता नेपालमा मात्र नभएर विश्वभर प्रसिद्ध रहेको छ ।

यस क्षेत्रको जैविक विविधता अत्यन्तै मनमोहक रहेको छ । गौरीशङ्कर संरक्षण क्षेत्रमा विभिन्न १८ किसिमका वन जङगलहरु रहेको छ जसमा ६९५ किसिमका वन्सपतीहरु छन् भने २४ प्रकारका माछाहरू पाइन्छन् । त्यस्तै १२ प्रकारका उभयचरहरू रहेका छन् भने २७ प्रकारका सरीसृपहरूले पनि यस क्षेत्रमा बसोबास गर्दै आएका छन् । 

यहाँ ५२ किसिमका चराचुरुङ्गीहरू देख्न सकिन्छ भने ७१ प्रजातिका स्तनधारी प्राणीहरू पनि देखिन्छन् ।  

 

खबरपाटी
खबरपाटी