काठमाडौँ । बितेको वर्ष जे भयो भयो, नराम्रोले सिकाएर गयो । जे भयो राम्रो त्यसले सजाएर गएको ठान्नुपर्छ । अबको वर्ष शुभ हुन्छ । प्रगति हुन्छ । अनि स्वस्थे, सुखद र कल्याणकारी हुन्छ, हामीले उत्साही विश्वास राख्नुपर्छ ।आराध्य देव, राष्ट्रदेव महादेव झैँ ‘समय’ पनि शून्य अनि निराकार, अन्त्यहीन अनि बलवान पनि । समय रोक्न, नियन्त्रण गर्न मानिसको बसको सवाल होइन । तथापि मानिसहरू निरन्तर साहस गरिरहन्छन्, समयलाई आफ्नो प्रकारले गणना गरिरहन्छन् ।
नयाँ वर्ष विक्रम संवत् २०८१ आजदेखि हाम्रा सामु उपस्थित भएको छ । सबैमा नयाँ वर्षसँगै सुख, शान्ति, लक्ष्य प्राप्तिमा सफलता मिलोस् ‘खबरपाटी डट कम’ सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छ ।
साथै तस्बिरमा हेर्नुहोस् पशुपतिनाथमा रमाउँदै गरेका भक्तजनहरुको खबरपाटी संवाददाता आस्था शर्माद्वारा खिचिएको तस्बिर: