सोमबार सुनको मूल्य ४०० रुपैयाँले बृद्धि

छापावाल सुन १ लाख १७ हजार ६०० रुपैयाँ

सोमबार सुनको मूल्य ४०० रुपैयाँले बृद्धि

काठमाडौं फागुन ७ गते,नेपाली बजारमा सुनको मूल्य  बढेको छ। शुक्रबारदेखी बढेको सुनको मूल्य सोमबार पनि बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ।

यसअघि, आइतबार छापावाल सुन १ लाख १७ हजार ६०० रुपैयाँ कायम भएको थियो। यसैगरी, तेजाबी सुनको भाउ तोलाको १ लाख १७ हजार ५० रुपैयाँ निर्धारण भएको थियो।

यता, सोमबार चाँदीको मूल्य भने २० रुपैयाँले घटेर तोलाको १४ सय १० रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला १४ सय ३० रुपैयाँ कायम रहेको थियो।

खबरपाटी
खबरपाटी