बुधबार सुन–चाँदीको भाउ घट्यो

आज सुन प्रतितोला १ लाख १६ हजार ५ सय रूपैयाँ

बुधबार सुन–चाँदीको भाउ घट्यो

नेपाली बजारमा बुधबार पनि सुन–चाँदीको भाउ घटेको छ। 
मंगलबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको भाउ यस दिन अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार एक सय ५० रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला एक हजार तीन सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार तीन सय ९५ रूपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला २० रूपैयाँ घटेको हो।

खबरपाटी
खबरपाटी