आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
फगुन २काठमाडौं,नेपाल राष्ट्र बैंकले आधा दर्जन विकास बैंक र वित्त कम्पनीका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई एकैसाथ कारबाही गरेको छ ।
राष्ट्र बैंकले निर्देशित नियमन उल्लंघन गरे बापत चालु आवको दोस्रो त्रैमासमा विकास बैंक र वित्त कम्पनी तथा ती संस्थाका अध्यक्ष, संचालक र सिइओलाई कारबाही गरेको हो ।
केन्द्रिय बैंकले मुक्तिनाथ विकास बैंकका संचालक समिति, संचालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।बैंकले यी बाहेक सप्तकोशी डेभलपमेन्ट बैंकका संचाल समिति र प्रमुख कार्यकारी अधिकृत, नारायणी डेभलपमेन्ट, प्रोग्रेसिभ फाइनान्सको संचालक समिति र सिईओ, गुडविल फाइनान्सका संचालक समिति र सिइओलाई राष्ट्र बैंकले कारवाही गरेको हो । त्यसैगरि गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सका सिइओलाई समेत कारबाही गरेको छ।