नेप्से परिसूचक मंगलबार साढे ३० अंकले घट्यो

आज चार अर्ब ६६ करोडको कारोबार

नेप्से परिसूचक मंगलबार साढे ३० अंकले घट्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार साढे ३० अंकले घटेको छ । सोमबार १५.३३ अंक बढेको नेप्से आज ३०.५६ अंक घटेर बन्द भएको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से २०७०.५९ विन्दुमा बन्द भएको हो । सोमबारको तुलनामा नेप्से १.४५ प्रतिशतले घटेको छ ।

 

यसदिन चार अर्ब ६६ करोड ७१ लाख रुपैयाँको धितोपत्र कारोबार भएको छ । ४० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २०३ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त र सुपर माइ हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.७० प्रतिशतले घटेको छ ।

 

खबरपाटी
खबरपाटी