आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पारित गर्न सोमबार साँझ सञ्चालक समिति बैठक बोलाएको छ ।
‘मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पारित गर्न साँझ ५ बजेपछि कार्यालय समयपछि सञ्चलक समिति बैठक बोलाइएको राष्ट्र बैंक स्रोतले बताएको छ । बैठकपछि आजै समीक्षा सार्वजनिक हुने सम्भावना रहेको बताइएको छ ।
बोर्ड बैठकले समीक्षा स्वीकृत गरेमा आजै सार्वजनिक गर्ने तयारी रहेको ती अधिकारीले बताए । स्रोतका अनुसार सञ्चालन समितिबाट पारित भयो भने आज बेलुकासम्म मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक हुनेछ ।
अहिले बैकहरुमा अधिक तरलता रहेकाले राष्ट्र बैकले दिनहुँजसो तरलता खिच्नु परेको छ । यसकारण पनि कर्जा विस्तारको नीति केन्द्रिय बैंकले लिन सक्ने देखिन्छ ।