सेयर बजारले २१ सय अंक पार गर्यो

परिसूचक बढ्दा कारोबार रकम भने घट्यो

सेयर बजारले २१ सय अंक पार गर्यो

२९ माघ, काठमाडौं । सोमबार सेयर बजारले २१ सय अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १५।३३ अंक बढेसँगै २१०१ अंकमा पुगेको हो ।

परिसूचक बढ्दा कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ४ अर्ब ८ करोडको कारोबार भएकोमा सोमबार ३ अर्ब ५८ करोडमा खुम्चियो । कुल १९९ कम्पनीको मूल्य बढ्दा ४५ को घट्यो भने ४ को स्थिर रह्यो । यस दिन उत्पादन समूह सबैभन्दा धेरै २।२२ प्रतिशत बढ्यो । हाइड्रोपावर १।८३ तथा निर्जीवन बीमा १।७ प्रतिशत बढेका छन ।
 

खबरपाटी
खबरपाटी