राइड सेयरिङ एप ट्याक्सीमाण्डुमा थपियो बाइक सेवा, सेवाग्राहीले आफैं भाडा तोक्न मिल्ने

राइड सेयरिङ एप ट्याक्सीमाण्डुमा थपियो बाइक सेवा, सेवाग्राहीले आफैं भाडा तोक्न मिल्ने

राइड सेयरिङ एपमार्फत् ट्याक्सी सेवा दिदै आएको ट्याक्सीमाण्डुले बाइक सेवा पनि थपेको छ । सञ्चालनमा आएको ४ वर्षपछि ट्याक्सीमाण्डुले बाइक सेवा थपेको हो । बाइक सेवा सुरु गरेपछि राइडर तथा प्यासेन्जरबाट सकरात्मक प्रतिक्रिया पाइरहेको ट्याक्सीमाण्डुका सिईओ अर्जुन केसीले बताए । बाइक सेवा पनि थप्न ट्याक्सीमाण्डुलाई लामो समयदेखि माग भइरहेको केसीको भनाइ छ ।

बाइक सेवा लिन चाहनेहरुलाई कम्पनीले आफै आफ्नो भाडा तोक्न मिल्ने सुविधा दिएको छ । सेवाग्राहीले आफु जाने गन्तव्यको आफैले उचित मूल्यमा भाडादर निर्धारित गर्न सक्नेछन् । ट्याक्सीमाण्डुले राइडर र प्यासेन्जरको बीमाको व्यवस्था पनि मिलाएको छ । अहिले राइडहरुले बिना शूल्क ट्याक्सीमाण्डुमा दर्ता हुने अवसर पाउनेछन् । त्यस्तै हाललाई सेवा वापत् कुनै पनि कमिसन राखिएको छैन । पछि पनि एकदमै कम कमिसन राखिने केसीले बताए । ट्याक्सीमाण्डुले अन्य कम्पनीहरुको तुलनामा निकै कम कमिसन लिने केसीको प्रतिबद्धता छ । कम्पनीले बढिमा १० प्रतिशतमात्रै कमिसन लिने उनले बताए ।

एपमा परिमार्जित गरेर केही थप फिचर्स पनि राखिएको छ । जसमध्ये ‘इन एप कलिङ’ फिचर पनि एक हो । यो फिचरमार्फत् चालक तथा प्यासेन्जरले भ्वाइस वा च्याटबाट एकअर्कामा सम्पर्क गर्न सक्नेछन् । यो फिचरका कारण अब चालक र प्यासेन्जरले एक अर्कालाई फोन गरिराख्नु पर्दैन । चालक र प्यासेन्जरलाई सुविधा दिने क्रममा ट्याक्सीमाण्डुले स्वास्थ्य सेवामा पनि ध्यान दिएको छ । ट्याक्सीमाण्डु एप प्रयोग गर्नेहरुले एप देखाएकै आधारमा सुमेरु अस्पतालमा १५ प्रतिशत छुट पाउने सीईओ केसीले बताए । यसमा राइडर्सका परिवारले पनि १० प्रतिशत छुट पाउनेछन् ।

यो सुविधा देशका अन्य सहरहरुमा पनि क्रमशः विस्तार गर्दै लगिने बताइएको छ । सरकारले केही दिन अघिमात्रै राइड सेयरिङलाई सेवामूलक उद्योगको मान्यता दिएको छ । औद्योगिक व्यवसाय ऐन, २०७६ मा संशोधन गर्दै सरकारले राइड सेयरिङलाई सेवामूलक उद्योगको मान्यता दिएको हो ।
User app download link https://onelink.to/taximandu
राइडर दर्ता गर्न अहिले कुनै सुल्क लाग्दैन . कम्पनी लाई कुनै कमिसन पनि तिर्नु पर्दिन . दर्ता गर्नकोलागी तलको लिन्क मा क्लिक गर्नुहोला
Bike , Taxi, EV , Car
https://onelink.to/q67yca

खबरपाटी
खबरपाटी