आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । एनसेल सेयर बिक्री सम्बन्धी प्रतिवेदन मन्त्रिपरिषद्मा पुगेको छ । शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकम कम्पनी एनसेलको सेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन मन्त्रिपरिषद्मा विचाराधीन रहेको जानकारी दिइन् ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरुले उठाएका सवालको जवाफमा मन्त्री शर्माले छानबिन समितिले प्रतिवेदन बुझाएकाले सोको अध्ययन भइरहेको बताइन् ।
उनले त्यसबारे निर्णय नभएकाले हाल प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने जवाफ दिइन् । समितिका केही सदस्यले प्रतिवेदन आफूहरुलाई दिन माग गरेका थिए ।
समितिको बैठकमा सुरक्षण मुद्रणसम्बन्धी विधेयकका दफा १९ देखि २६ सम्ममा छलफलपछि पारित भएको छ ।