बलिउड अभिनेत्री ईशा देवल र भरत तख्तानीको सम्बन्धविच्छेद

बलिउड अभिनेत्री ईशा देवल र भरत तख्तानीको सम्बन्धविच्छेद

बलिउड अभिनेत्री ईशा देवल र भरत तख्तानीको सम्बन्धविच्छेद

एजेन्सी । बलिउड अभिनेत्री ईशा देवल र भरत तख्तानीले संयुक्त वक्तव्य जारी गर्दै सम्बन्धविच्छेदको पुष्टि गरेका छन् । दम्पतीले आपसी सहमतिमा सम्बन्धविच्छेद गर्ने निर्णय गरेका छन् ।ईशा र भरतको प्रेम कहानी उनीहरुको स्कुल पढ्दा देखि सुरु भएको थियो । दुबै स्कुल पढ्दादेखि नै एकअर्कालाई डेट गरिरहेका थिए । ईशा र भरतको प्रेमकथा टिस्यु पेपरबाट सुरु भएको थियो ।

आफ्नो पुरानो अन्तर्वार्तामा ईशा देओलले आफ्नो प्रेमकथा सुनाएकी थिइन् । किशोरावस्थादेखि नै प्रेम बसेको उनले बताइन् ।

इशाले आफू जमनाबाई नर्सी स्कुलमा र भरत त्यतिबेला बान्द्रा केलरनर एकेडेमीमा पढ्दै आएको बताइन् । बान्द्रामा यो एक मात्र विद्यालय हो जहाँ राम्रा केटाहरू पढ्थे । इशाले अन्तरविद्यालय प्रतियोगिताका क्रममा भरतसँग भेट भएको बताइन् ।

प्रतियोगिता जमनाबाई नर्सी स्कुलमा आयोजना गरिएको थियो । यसै क्रममा दुवैको भेट भयो । ईशाले सायद उनी आफ्नो जीवनसाथी बन्न लागेको कुरा बुझेकी थिइन् ।

हालभने,एक संयुक्त विज्ञप्तिमा दुवैले आपसी सहमतिमा अलग भएको र अब आफ्ना दुई छोरी ६ बर्षिय मिराया र ४ बर्षिय राध्याको सह-पालिकामा ध्यान केन्द्रित हुने बताएका छन् ।

४२ बर्षिय इशाले भरतसँग २०१२ मा विवाह गरेकी थिइन् । 

पछिल्ला बर्षहरुमा इशा र भरतको सम्बन्ध राम्रो नभएको चर्चा भइरहेको थियो । २०२० मा इशाले लेखेको किताबमा समेत उनले आफ्नो दोस्रो छोरी जन्मिएपछि पति भरत आफूसँग टाढिन थालेको उल्लेख गरेकी थिइन् ।  

खबरपाटी
खबरपाटी