काठमाडौं । गणेश देव पाण्डेको निर्देशनमा बनेको फिल्म जुलेविको पहिलो पोस्टर नारी दिवसका दिन सार्वजनिक गरिएको थियो । फिल्मको फस्र्ट लुकलाई निकै कलात्मक ढङ्गका साथ प्रस्तुत गरिएको थियो ।
चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको अभिनय रहेको छ साथै सुरक्षा पन्त, उषा रजक, निशाा अधिकारी, मोनिका थापा लगायतका कलाकारको पनि अभिनय उक्त फिल्ममा रहेको छ ।
चार नारीलाई मुख्य पात्र बनाएर निर्माण गरिएको चलचित्रको निर्माता पनि नारी नै रहेकी छन् । नारी दिवसको दिन फिल्मको फ्रस्ट लुक्स तामझामका साथ सार्वजनिक गरियो ।
तर जुलेवी फिल्मको फस्र्ट लुक्स सार्वजनिकको समाचार प्रकाशन गर्दा कार्यक्रम रजटपटले बिना कुनै अनुसन्धान नै समाचार बनाउनका लागि बनाइएको जस्तो मात्र देखियो । नव प्रवेशी कलाकार मोनिका थापाको नाम सहि भएता पनि तस्बिर भने कोहि अरु कसैको रहेको छ । समाचार सुनेको भरमा कतै पनि पुष्टि नगरेर अर्कैको नाममा अर्कैको तस्बिर प्रयोग गरि समाचारको रिर्पोट बजाएको छ ।
कार्यक्रम रजटपटमा नव प्रवेशी कलाकारको नाम लिँदा फेसबुकको फेक आइडिबाट साभार पोर्न स्टार जस्तो पेजको तस्बिर प्रयोग गरिएको छ ।
फिल्मको बारेमा जनतालाई सुसुचित गराउने नेपालको सबैभन्दा धेरै रुचाइएको शो द्धारा यस्तो गल्ती हुनु निकै नन्दनीय रहेको छ । फिल्म इन्डष्ट्रिजको समाचार बनाउँदा नव प्रवेशीहरुलाई प्राथमित्ता दिएर बनाउनु पर्ने बेला सानालाई बे वास्ता मात्र होइन हेलचक्राइको प्रविति बढ्दै गएको छ ।
जसले गर्दा नव प्रवेशीहरुकै मनोवल खस्किदो अवस्थामा छ । फलस्वरुप नेपालको फिल्म इन्डष्ट्रि दिन प्रति दिन धरासायी बन्दै गएको छ ।