वाशिङ्टन डीसीमा अमेरिकी विमान र हेलिकप्टर आकाशमै ठोक्किँदा ठूलो दुर्घटना
१७ माघ २०८१, बिहिवार
चीनका राष्ट्रपति सि जिनपिङले बिहीबार आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग दुवै देशले ‘बाहिरी शक्तिहरू’ को हस्तक्षेपको विरोध गर्नुपर्ने बताएको चिनियाँ सरकारी सञ्चारमाध्यमले बताएको छ ।
नयाँ चन्द्र वर्षको अवसरमा दुवै नेताबीचको टेलिफोन कुराकानीमा राष्ट्रपति सिले उक्त कुरा बताएका हुन् । बेइजिङ र मस्को कट्टर साझेदार हुन् र छिमेकी युक्रेनमा रुसको आक्रमणलाई लिएर धेरै मुलुकले विरोध गरे पनि उनीहरूले आफ्नो सम्बन्धलाई सुदृढ बनाएका छन् ।