सुनको मूल्य बुधबार बढ्यो

सुनको मूल्य बढ्यो

सुनको मूल्य बुधबार बढ्यो

काठमाडौ,लगातार तीन दिन घटेको सुनको मूल्य बुधबार बढेको छ । यसअघि आइतबार, सोमबार र मंगलबार सुन तोलामा क्रमश: ६ सय, ४ सय र ५ सय रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ६ सय रुपैयाँले बढेर १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

खबरपाटी
खबरपाटी