माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

काठमाडौं : सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी रहेको छ। सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा संसदीय दलको बैठक बसेको हो।

सोमबार प्रतिनिधि सभामा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । सोमबारदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनमा प्रस्तुत हुने विधेयक र पार्टीको भूमिकाको विषयमा छलफल हुनेछ। बैठकमा प्रमुख सचेतक हितराज पाण्डेले माओवादीले संसदमा खेल्ने भूमिकाको विषयमा ब्रिफिङ गरिरहेका छन्। 

विधेयक अधिवेशनका रुपमा रहने यस हिउँदे अधिवेशनका लागि हाल सङ्घीय संसद्मा २४ विधेयक छन्। अरु विधेयक पनि सदनमा दर्ता हुने क्रममा रहेको बताइएको छ।

खबरपाटी
खबरपाटी