व्यापारमा नयाँ फड्को मार्दै प्लस साइज नेपाल, अब अस्ट्रेलियाबाट पनि सजिलै मगाउन सकिने

व्यापारमा नयाँ फड्को मार्दै प्लस साइज नेपाल, अब अस्ट्रेलियाबाट पनि सजिलै मगाउन सकिने

काठमाडौँ । नेपालभर शाखा सञ्जाल विस्तार गरेको प्लस साइज नेपालले व्यवसायी क्षेत्रमा नयाँ फड्को मारेको छ । प्लस साइज नेपालको पहिलो इ कमर्स एप्स मार्फत अब विश्वको जुन सुकै ठाउँमा पनि नेपालबाट सामान सहजै निर्यात ९सिपिङ्ग० गर्न सकिने छ । यस एप्सको पहिलो चरणमा बिहीबार देखी अष्टे«लियामा पहिलो सिपिङ्ग समेत भइसकेको छ । 
यो एप्स झन्झट रहित रहेको र अस्ट्रेलियन कार्डबाटै पेमेन्ट गर्न सकिने छ । अर्डर पुष्टि भएको ७ दिनमा अस्ट्रेलियाको कस्टुमरको घरको ढोकामै डेलिभरी हुने प्लस साइज नेपालका प्रमुख कार्यकारी अधिकृत अनिल बस्नेतले बताए । प्लस साइज नेपालको एप छिट्टै ग्लोबल एप्समा परिणत हुने विश्वास सिइओ बस्नेतले व्यक्त गरेका हुन् । 

हालसम्म कुनै विदेशी एप्समा अर्डर गरेर नेपालमा केही रकम तिरेर सिपिङ्ग गर्न सकिने व्यवस्था मात्र थियो । यस व्यवस्थालाई चिर्दै प्लस साइजले पहिलो पटक नेपालबाट विश्वको जुनसुकै कुनामा डेलिभरी गराउन सकिने उनले बताए । 
विश्वभर सामान पु¥याउन प्लस साइज नेपालले ग्लोबल सिपिङ्ग कम्पनी डी।एच।एल सँग सहकार्य गर्दै विश्वको जुनसुकै कुनामा पनि ७ दिन भित्र घरको ढोकैमा डेलीभर हुने प्रयासमा रहेको कम्पनीले जानकारी दिएको छ ।
 

खबरपाटी
खबरपाटी