विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न इच्छुक छौँ : नेता कोइराला

विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न इच्छुक छौँ : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले नेपालले विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न चाहेको बताएका छन् । 

आइतबार काठमाडौँमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानसहितको टिमसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले  चीनले विकासको क्षेत्रमा नमुना काम गरेको उल्लेख गर्दै नेपाली कांग्रेस पनि चीनसँग विकासको सहकार्य अघि बढाउन इच्छुक रहेको बताए । उनले चीनको आर्थिक विकास पनि प्रशंसायोग्य रहेको बताए ।

नेता कोइरालाले चीनसँग जोडिएका परियोजना अघि बढाउन सरकारले प्राथमिकतामा राखेर जानुपर्ने आवश्यकता रहेको बताए ।

खबरपाटी
खबरपाटी