नेपाल ल्युब आयलको शेयर कसैले बेचुन मात्र बढाएर किन्नलाई जमात तयार छन् : करण चौधरी

नेपाल ल्युब आयलको शेयर कसैले बेचुन मात्र बढाएर किन्नलाई जमात तयार छन् : करण चौधरी

काठमाडौँ । सी.जी होल्डिङ्सका कार्यकारी निर्देशक तथा नवनिर्वाचित नाडाका अध्यक्ष करण चौधरीले बजारमा दुई सय रुपैयाँको हाराहारीमा रहेको नेपाल ल्युब आयलको शेयर लागानीकर्ताहरुले बेच्न अनिच्छुक रहेको कारण उक्त कम्पनीको शेयर मूल्य नबढेको बताएका छन् । 

शुक्रवार नेपाल ल्युब आयलको रिटेलर्स मिटमा अध्यक्ष चौधरीले नेपाल ल्युब आयलको बुक भ्यालु ९०० रुपैयाँ प्रति कित्ता रहेको र मार्केट क्याप २ हजार भन्दा धेरै रहेता पनि बजार मूल्य २०० मात्र रहेको जिकिर गर्दै आफू यस प्रति गौरवान्वित महसुस गर्ने बताए । कोही पनि लगानीकर्ता नेपाल ल्युब आयलको शेयर बेच्न नचाहाएकोले यसको मूल्यमा असर नपर्ने गरेको उनले बताए । 

यस आर्थिक मन्दीको असर र त्रैमासिक विवरणहरू हेर्दा नेपाल ल्युब आयलको ब्यालेन्स सिट पनि ऋणात्मक रहने आकलन आफू लगायत धेरैले गरेता पनि कम्पनीको म्यानेजमेन्ट र रिटेलर्सको मिहिनतका कारण यस पटक पनि लगानीकर्ताहरू लाई निराश नपारिएको जानकारी गराए । नेपाल ल्युब आयलको मिहिनेत र सहकर्मीहरूको सहयोगले कुनै पनि सरोकारवालाहरूको भरोसा टुट्न नदिएको विश्वास व्यक्त गरे । 

देशको स्थिति धरातलमा उभिए पनि यस नाजुक घडीमा सबै सरोकारवालाहरू मिलेर लगातार ४ वर्षसम्म यस कम्पनीलाई नेपालको नं १ ल्युब्रिकेन्ट कम्पनी बनाएकोमा आभार समेत प्रकट गरेका थिए । 

यस आर्थिक वर्षको ६ महिना बितिसक्दा पनि देशको आर्थिक अवस्थामा कुनै परिवर्तन नआएको विडम्बनालाई स्वीकर्दै घाटा मै भए पनि धैर्यताका साथ २ वर्ष एउटै व्यवसायमा ध्यान केन्द्रित गर्दा पक्कै पनि फलदायी नतिजा आउने सुझाव आफ्नो व्यवसायी मित्रहरूलाई दिएका थिए ।   

खबरपाटी
खबरपाटी