काठमाडौँ । बुधबार शेयर बजार परिसूचक नेप्से १० दशमलव २५ अंकले घटेर २०८८.०४ अंकको विन्दुमा बजार बन्द भएको छ ।
बुधबार ३ सय ११ कम्पनीको ९० हजार २१० पटकमा १ करोड १० लाख ४९ हजार ९४९ कित्ताको ३ अर्ब ८९ करोड ७० लाख २२ हजार ५९८ रुपैयाँ ९८ पैसा बरारबरको कारोबार भएको छ
राताम्मे रहेको बजारमा चन्द्रागिरि हिल्स् र मिड सोलु हाइड्रो पावर कम्पनीको शेयरमुल्यमा भने सकारात्मक सर्किट लागेको छ । त्यस्तै तेह्थुम पावर कम्पनीको शेयर मुल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
बुधबार हिमालयन रि इन्सुरेन्सको सर्वाधिक १५ हजार ३०८ पटकको कारोबारमा २५ करोड १५ लाख ६८ हजार ६७ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ । शेयर संख्याका आधारमा अरुण काबेली पावर कम्पनीको सर्वाधिक ५ लाख ७१ हजार ८७४ कित्ताको कारोबार भएको छ ।
आज ८० कम्पनीको शेयर बढेर कारोबार हुँदा १५३ कम्पनीको मुल्य घट्दा १४ कम्पनीको मुल्य भने स्थीर रहेको छ ।