वैदेशिक रोजगारमा गएका नेपालीले सर्वोत्तम सिमेन्टको आइपिओमा दिए ७ गुणा धेरै आवेदन

वैदेशिक रोजगारमा गएका नेपालीले सर्वोत्तम सिमेन्टको आइपिओमा दिए ७ गुणा धेरै आवेदन

काठमाडौं । वैदेशिक रोजगारमा गएका नेपालीका लागि खुलाइएको सर्वोत्तम सिमेन्टको आइपीओमा ६४ करोड ७१ लाख ३९ हजार ७११ रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार माघ ७ गते बिहानसम्म २७ हजार ६०९ जना आवेदकले १७ लाख ९४ हजार ७९० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा मागभन्दा ६.७२ गुणा बढी आवेदन परेको हो ।

कम्पनीको कुल जारी पुँजीको १२.९०३३ प्रतिशतले हुने ६० लाख कित्ता सेयर बुक बिल्डिङ विधिबाट जारी गर्न अनुमति पाएको थियो । यसमध्ये कम्पनीले ४० प्रतिशत अर्थात २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि निष्कासन गरिसकेको छ । त्यसबाहेक वैदेशिक रोजगारमा रहेका नेपालीलाई २ लाख ६७ हजार कित्ता र स्थानीयबासीलाई ९ लाख ३० हजार कित्ता आइपिओ अहिले निष्कासन गरिएको हो ।

आइपिओमा माघ १० गते सम्ममा आवेदन दिन सकिनेछ । यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ भने कम्पनी उत्पादन सेक्टरको रहेको छ ।

खबरपाटी
खबरपाटी