पाकिस्तानले इरानमा जवाफी हमला गरेको छ । इरानले बलोचिस्तानमा आक्रमण गरेको दुई दिनपछि पाकिस्तानले जवाफी हमला गरेको हो ।
पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा पाकिस्तानी मूलका आतंकवादीलाई निशाना बनाएको उल्लेख छ । ुआज बिहान पाकिस्तानले इरानको सिस्तान(ओ(बलुचिस्तान प्रान्तमा आक्रमण गरेको छ, बयानमा भनिएको छ, गुप्तचर सूचनाका आधारमा गरिएको ‘मार्ग बार सरमचार’ नामक अपरेशनमा धेरै आतङ्ककारी मारिएका छन् ।
पाकिस्तान हरेक खतराबाट आफ्नो राष्ट्रिय सुरक्षाको रक्षा गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ। पाकिस्तानले भविष्यमा पनि आफ्नो सुरक्षाका लागि यस्ता कदमहरू जारी राख्ने जनाएको छ ।
इरानले मंगलबार पाकिस्तानको बलोचिस्तानमा आक्रमण गरेको थियो । इरानले आफ्नो देशमा लगातार आतंकवादी घटनाहरू गरिरहेको जैश अल(अदल नामक संगठनलाई निशाना बनाएको जनाएको छ।
पाकिस्तानले इरानको आक्रमणप्रति कडा आपत्ति जनाएको थियो र दुई देशबीचको सम्बन्धमा तनाव उत्पन्न भएको थियो ।