उच्च पहाडी हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु र कुहिरो

उच्च पहाडी हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु र कुहिरो

काठमाडौं । आज पनि देशका केही भागमा आंशिक बदली भएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

बिहान तराईका अधिकांश भू(भागहरुमा हुस्सुरकुहिरो लागेको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागको एकरदुई स्थानमा दिउँसो र राति हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

खबरपाटी
खबरपाटी