मविन शर्मा / काठमाडौं । नेपाली सेनामा जागीर खाने लक्ष्य बोकेका बस्नेत २०५० सालमा वन सुरक्षामा आवद्द भई वनलाई जोगाउन सफल भएका थिए । अफ्नो जागीर अवधीभरीमा उनी कर्तव्यनिष्ठा,इमान्दर भई कार्य गर्दै आइरहेका छन् । ३० वर्षको अन्तरालमा उनले अनेकौ राम्रा कार्यहरु गरे । त्यसमध्ये उनले भुल्न नसक्ने कार्य भनेको २०७६ सालको कार्यलाई मान्दछन्।
सशस्त्र वन सुरक्षा,शाखा सलकपुर मोरङका इन्चार्ज बस्नेतलाई २०७६ चैत्रमा सलकपुरको उत्तरी भेगमा सिकारीहरु जम्मा भएका रहेछन् भनेर सुराकी मार्फत खबर आउँछ । इन्चार्ज बस्नेत र उनको टोली सुचना अनुसार जंगल तर्फ लाग्छन् । सुराकीको खबर सही रहेछ, अलग अलग स्थानबाट करिब ४५ जना बन्दुक सहितका सिकारी जंगलमा फेलापरे । सिकारीले वन रक्षक आएको थापाएर गुप्त रुपमा घेरा हालेको कमाण्डर बस्नेतले चाल पाए, त्यतिबेला उनलाई अब बाचिन्न भन्ने लाग्यो । केही समयपछी सिकारीले फायर खोले तर उनका साथीहरुले फायर खोल्न नसक्दा आफुलेनै साथीको हतियार खोसी जबाफी फायर गरे । करिब दुई घण्टाको मुडभेडपछी सिकारीहरु तितर बितर भए । वनकर्मीले ३जना सिकारीलाई पक्राउ गरे ।पक्राउ परेका सिकारीहरुबाट ३ वटा भरुवा बन्दुक र ४ वटा खुकुरी समेत फेला पारे ।
कमाण्डर बस्नेत भन्छन् आफुले सिकेको तालिम र लामो अनुभव भएका कारण विचलीत भएन्। उनले भने वनदेवी माईको शक्तिले र कर्तव्यनिष्ट काम गर्ने भएकोले आफु पनि बाँच्छु र उनीहरुलाईनी बचाउँछु र सजिलै नियन्त्रणमान लिन्छु भन्ने आत्मविश्वास थियो ।
मार्सलाटमा ब्लायक बेल्ट बस्नेतले यो भन्दा अगाडी अवैध उत्खनन् रोख्दा ४०० जना गाउँले मिलीभगाउन खोज्दा नभागी दुई ट्रायक्टर र दुई टिप्पर नियन्त्रणमा लिए ।
उनी वन क्षेत्रमा काम गर्न लाको ३० वर्ष भयो र प्रकृतीको सुरक्षा गर्न पाउँदा गर्व महसुस भाको छ भन्छन् । उनीले यस कार्यले गर्दा आफ्नो मात्र नभई उनकोे टोलीको पनी हौसला बढेको बताए ।