काठमाडौंका चार वटा सडकमा आजदेखि 'वान वे' नियम

काठमाडौंका चार वटा सडकमा आजदेखि 'वान वे' नियम

काठमाडौँ । काठमाडौँका ४ वटा सडकमा आजबाट एकतर्फी सवारी चल्न दिने निर्णय गरिएको छ । काठमाडौँ महानगरपालिका स्थित दरबारमार्गमा रहेको महेन्द्र्र शालिकाबाट कृष्ण पाउरोटी निस्किने सडक, त्रिपुरेश्वरबाट ललितपुरको गुर्सिङ्गालतर्फ जाने र आउने चारवटा बाटो ‘वान वे’ एकतर्फी कायम गरिएको छ।
दरबारमार्गस्थित महेन्द्र्र शालिकबाट सवारी–साधन कृष्ण पाउरोटी मोडतर्फ जान पाउँछन् । तर, कृष्ण पाउरोटी मोडबाट महेन्द्र्र शालिकतर्फ आउन रोक लगाइएको छ । कमलादी मोड र घण्टाघर बीचको सडकमा कमलादीबाट घण्टाघरतर्फ सवारी साधान आउन पाउँछन् । तर, घण्टाघरबाट कमलादीतर्फ चल्न नदिनेगरी एकतर्फ गरिएको छ।

त्रिपुरेश्वरचोकस्थित राहदानी विभाग नजिकै विश्वनिकेतन स्कुलबाट गुर्सिङ्गगल सेतोपुल तिर सवारी जान पाउँछन् तर,  गुर्सिङ्गगलबाट राहदानी विभागतर्फको मुल सडकमा निस्कन नपाउने नियम लागू गरिएको छ । गुर्सिङ्गगलबाट त्रिपुरेश्वरको मुल सडकमा आउन चाहने सवारी नयाँ पुल हुँदै टेकु नजिँकै रहेको यामाहा सोरुममा निस्कनुपर्छ ।

सडक साँघुरो भएको हुनाले जाम व्यवस्थापन गर्न एकतर्फी नियम लागु गरिएको हो । 
 

खबरपाटी
खबरपाटी