रक्षामा पूर्णबहादुर खड्का र अर्थमा डा. प्रकाशशरण महत निश्चित
१६ चैत २०७९, बिहिवार
काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाएको छ । विहान ९ बजे बस्ने बैठकमा विभिन्न ऐन तथा विधेयकका विषयमा प्रधानमन्त्रीसँग छलफल गरिने समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।
बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकका विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ । दाहाल बैठकमा सहभागी हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आर्चायले जानकारी दिए ।
यसअघि गत सोमबार बसेको समितिको बैठकले ललितपुरको बालकुमारी घटनाको सम्बन्धमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा अधिकारीसँग छलफल गरेको थियो ।