नेपालमा अमेरिकी लगानी भित्र्याउन सीएनआई र अमेरिकन चेम्वरबीच सहकार्य हुने

नेपालमा अमेरिकी लगानी भित्र्याउन सीएनआई र अमेरिकन चेम्वरबीच सहकार्य हुने

नेपाल उद्योग परिसंघ (सीएनआई) र अमेरिकन चेम्वर अफ कमर्स (एमच्याम) बिच लगानी अभिबृद्धी तथा नेपाल र अमेरिका बिच व्यवसायिक वातावरण सुदृढ बनाउन सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ।

यस समझदारी अनुसार दुई संस्थाले नेपाल र अमेरिकाका उद्यमीहरू बीच सम्पर्क बिन्दुको रूपमा कार्य गर्ने, नेपालमा लगानी गर्न इच्छुक अमेरिकी लगानीकर्ताहरुलाई लगानी सम्बन्धी जानकारी दिने, पारस्परिक उद्देश्यहरू पूरा गर्न नीतिगत सुधारहरूको वकालत गर्ने गतिविधिमा सहकार्य गर्ने, नेपालमा अमेरिकी लगानी बढाउन रणनीतिक गतिविधि सञ्चालन गर्नेछन् । बजारमा आधारित वित्तीय र गैर–वित्तीय सेवाहरूमा पहुँच बृद्धि गर्दै आईटी क्षेत्रहरूका लागि लगानी र व्यवसाय वातावरण सुधारमा काम गर्ने समझदारीपत्रमा उल्लेख छ ।

मंगलबार परिसंघ सचिवालयमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र अमेरिकन चेम्वर अफ कमर्सका अध्यक्ष निर्मलकाजी श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरे ।

कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले यो सहकार्यले नेपाल र अमेरिकालाई व्यवसायिक रुपमा जोड्न पुलको रुपमा काम गर्ने बताए । यो सहकार्यले ज्ञान सिपको आदानप्रदान, नवप्रवर्तन तथा नयाँ सहकार्यका बाटोहरु खुला गर्ने, विश्वव्यापी बजारमा प्रतिस्प्रर्धा गर्न, विदेशी लगानी आकर्षित गर्न, औद्योगिक विकासका लागी योगदान गर्न मद्दत गर्ने उनले बताए

एमच्यामका अध्यक्ष श्रेष्ठले उद्योगीहरुको साझा संस्था परिसंघसँगको सहकार्यले अमेरिकी लगानी अभिबृद्धि गर्दै मुलुकको अर्थतन्त्रको विकासका लागि प्रभावकारी रुपमा काम गर्ने बताए।

उक्त कार्यक्रममा परिसंघका उपाध्यक्ष अमित मोर, पदाधिकारी सदस्य सन्दीप सारडा,अमेरिकन चेम्वर अफ कमर्सका पदाधिकारीहरु सहभागी थिए।

खबरपाटी
खबरपाटी