बालकुमारीमा दुई जना युवाको ज्यान जाने गरी शुक्रबार भएको प्रहरी दमनको विषयलाई लिएर सत्तारुढ दल कांग्रेसमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने आवाज उठेको छ । कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकको तेस्रो दिन शनिबार नेताहरूले यो विषय उठाएका हुन् ।
बैठकमा केन्द्रीय सदस्य गोमा भट्टराईले बालकुमारीमा प्रहरी दमनमा दुई जना युवा मारिएको भन्दै गृहमन्त्रीले राजीनामा दिनुपर्ने हो कि होइन भन्दै प्रश्न गरिन् । उनले भनिन्, ‘हिजोको घटनामा गृहमन्त्रीले राजीनामा दिने हो कि के हो ?’
बैठकमा केन्द्रीय सदस्य सिता रानाले पनि बालकुमारी घटनाको विषय उठाएकी थिइन् । उनले बालकुमारी घटनाको निष्पक्ष छानबिन हुनुपर्ने भन्दै दोषीमाथि कारबाही हुनुपर्ने माग राखेकी थिइन् ।
शुक्रबार बालकुमारीमा ईपीएस विवादका विषयमा भएको प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २१ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।
बैठकमा नेतृ आरजु राणा देउवाले पार्टीभित्र भएको झगडाको विषय बाहिर आउन नहुने बताएकी थिइन् । उनले भनिन्, ‘बाझेको समाचार बाहिर नआओस् । निराशाका समाचार नआओस् ।