प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणमा कति भयो खर्च ?

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणमा कति  भयो खर्च ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को अमेरिका र चीन भ्रमणका क्रममा चार करोड ७४ लाख रुपैयाँ खर्च भएको छ । 

अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको अवधिमा दिइएको आर्थिक सहायताको विवरणमा प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डलको अमेरिका र चीन भ्रमणका लागि चार करोड ७४ लाख रुपैयाँ दुईजार रुपैयाँ परराष्ट्र मन्त्रालयको नाममा निकासा गरिएको उल्लेख छ ।

अर्थ मन्त्रालयका अनुसार प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघको ७८औँ महासभा र चीनको औपचारिक भ्रमणका लागि उक्त रकम निकासा गरिएको हो ।

प्रधानमन्त्री गएको भदौ ३० गते अमेरिका गएका थिए । अमेरिकाबाटै उनी असोज ५ गते चीन गएका थिए ।

खबरपाटी
खबरपाटी