काठमाडौँ । नाडाका महासचिव सुरेन्द्र उप्रतीले आगामी कार्यकालको लागि दुई पक्ष बीच सहमतिको प्रयास भइरहेको र आजै सहमती हुने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘नाडामा आज सर्वसम्मत अध्यक्ष चयन हुन्छ, नत्र कहिल्यै सहमती भन्ने शब्द गुञ्जिदैन।’ आजको समयको माग भनेकै सर्वसहमतीमा सबै व्यवसाय एकै ठाउँमा उभ्भिनु हो । यो कठिन समयमा सबै व्यवसाय एकजुट हुन नसके व्यापारलाई ठुलो चोट पुग्ने उनले बताए । यस कठिन घडिमा सबै व्यवसाय एकै ठाउँमा छम् भन्ने सन्देशको शुरुवात सर्वसहमती बाटै हुने उनी बताउँछन् ।
अटो व्यवसायीको छाता संगठन नाडा अटोमोबाइल एसोसियसन अफ नेपाल ९नाडा० को चुनाव यही पुस २० र २१ गते ४७ औं साधारणसभा र आगामी कार्यकालको नेतृत्वको चुनाव रहेको छ ।
आगामी नाडा नेतृत्वमा गोल्छा समुह भर्सेस चौधरी समुह बीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । फोर्ड गाडीको आधिकारीक वितरक जिओ अटोमोबाइल्सका प्रवन्ध निर्देशक आकाश गोल्छा र सुजुकी गाडीको आधिकारीक विक्रेता सीजी होल्डिङ्सका करण चौधरी बिच निर्वाचन भन्दा सर्वसम्मतीको प्रयास भइरहेको छ ।
३२ सय हाराहारी सदस्य रहेका नाडाको आगामी निर्वाचनले एक अध्यक्ष, १७ जना कार्यसमिति सदस्य, ७ जना प्रदेश अध्यक्षलाई पदेन सदस्यको रुपमा विजयी घोषणा गर्नेछ ।