साताको पहिलो कारोबार दिन आज आइतबार सुनको भाउमा गिरावट आएको छ । गत शुक्रबारको तुलनामा सुनको भाउमा १३ सय रुपैयाँले गिरावट आएको हो ।
आइतबार प्रतितोला छापावाला सुनको भाउ १ लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला छापावाला सुनको भाउ १ लाख १९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १७ हजार २५० रुपैयाँ कायम भएको छ । शुक्रबार तेजावी सुनको भाउ १ लाख १८ हजार ५५० रुपैयाँ कायम गरिएको थियो ।
महासंघका अनुसार आइतबार प्रतितोला चाँदी १ हजार ४५५ रुपैयाँ तोकिएको छ । शुक्रबार प्रतितोला चाँदी १ हजार ४७० रुपैयाँ तोकिएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रतिऔंस सुन २ हजार १९ दशमलव ७ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव ८७ डलरमा कारोबार भइरहेको छ ।