रक्षामा पूर्णबहादुर खड्का र अर्थमा डा. प्रकाशशरण महत निश्चित
१६ चैत २०७९, बिहिवार
राप्रपाको केन्द्रीय समितिको बैठक भोलिदेखि सुरू हुनेछ।
भोलिदेखि तीन दिनसम्म चल्ने बैठक धुम्बाराहीस्थित एसआर ब्यांक्वेटमा बस्ने राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।
भोलि बिहान ८ बजेदेखि सुरू हुने बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको रणनीति र भावी कार्यदिशाबारे ब्रिफिङ गर्नेछन्।
बैठकमा सचिवालय र कोषाध्यक्षको प्रतिवदेन पनि प्रस्तुत हुनेछ।
तीन दिन चल्ने बैठकमा भूगोल केन्द्रीत कार्यक्रमको समिक्षा र समूहगत छलफल हुने बताइएको छ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पारित गरी अनुमोदनका लागि अनुमति प्रदान गरेको आन्दोलन सम्बन्धि प्रस्ताव पनि छलफलका लागि केन्द्रीय समितिमा पेश हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए।
बैठक विभिन्न निर्णय गर्दै पौष ३ गते समापन हुने उनले बताए ।